Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित


ग्लोबल पाना
आइतबार, फागुन २० २०८०
  • 356
    SHARES

  • images
    भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित

    काठमाडौं । एक महिनाभित्र दूध बिक्रीवापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीचको वार्तामा सरकार र उद्योगहरुले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन् । सरकार र दूग्ध सहकारी संघबीच लिखितरुपमै पाँच बुँदे सहमति भएको छ । सहमतिपछि किसानहरूले आइतबारदेखि आन्दोलन स्थगित गर्न तयार भएका हुन् ।

    images
    images
    images

    वार्तापछि उद्योगीले आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी गरिसक्ने भन्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।

    उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको छ ।
    दूधको भुक्तानी नपाएपछि किसानहरु फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ