Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिप दुर्घटना हुँदा १६ जना घाइते, ४ को अवस्था गम्भीर


ग्लोबल पाना
आइतबार, फागुन २० २०८०
  • 404
    SHARES

  • images
    जिप दुर्घटना हुँदा १६ जना घाइते, ४ को अवस्था गम्भीर

    विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका-१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाइते हुनेमा लक्ष्मी राई, वेदी बराल, नेत्र कार्की, ईन्द्रकुमारी राई, जया राई, सुनिता खत्रीलगायत छन् । गम्भीर अवस्थाका घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    जिप चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ