Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

केन्द्रीय बैंकले १३ अर्ब ४ करोडको ट्रेजरी बिल नवीकरण गर्दै


ग्लोबल पाना
सोमबार, फागुन २१ २०८०
  • 289
    SHARES

  • images
    केन्द्रीय बैंकले १३ अर्ब ४ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

    काठमाडौं। नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार फागुन २२ गते जारी हुने यस ट्रेजरी बिलका लागि आजै दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ। बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। केन्द्रीय बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ । साथै, १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो।

    images
    images
    images

    यो ट्रेजरी २०८१ भदौ १८ गते परिपक्व हुनेछ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

    सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ