Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

वालुवाटारमा तीन दलको बैठक जारी


ग्लोबल पाना
सोमबार, फागुन २१ २०८०
  • 333
    SHARES

  • images
    वालुवाटारमा तीन दलको बैठक जारी

    काठमाडौं। वालुवाटारमा तीन दलको बैठक बसिरहेको छ। नयाँ समिकरण बनेसँगै तीन दलबीच छलफल भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको स्रोतले बताएका छन्। नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन्।

    images
    images
    images

    नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएपछि प्रधानमन्त्रीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका हुन्। आइतबार प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्षम केपी शर्मा ओलीसहितका नेताहरुबीच भएको सहमति अनुसार नयाँ सत्ता समीकरण बनाएर अगाडि बढ्ने सहमति भएको थियो।

    प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणर्मा लागि १३८ जना सांसद आवश्यक पर्छ।
    यसैबीच सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन्। बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निणर्य गरेको हो। एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए। सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।

    जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ