Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ मन्त्रिपरिषद् गठनको तयारी


ग्लोबल पाना
सोमबार, फागुन २१ २०८०
  • 318
    SHARES

  • images
    नयाँ मन्त्रिपरिषद् गठनको तयारी

    काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दा राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नयाँ मन्त्रिपरिषद् गठन हुँदैछ। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सरकार परिवर्तन हुन लागेको जानकारी दिंदै आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने बताएका छन्।

    images
    images
    images

    बिहान मात्रै बालकोटमा नेकपा एमालेको सचिवालय बैठक बसेको थियो। नयाँ राजनीतिक घटनक्रम विकसित भएसँगै बिहानैदेखि राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सकिएको छ। आजै बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निणर्य गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ।

    पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी छ।

    यसैबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ। सत्ता समीकरण बदलिने भएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ