Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गाडीकोे ठक्करले एक जनाको मृत्यु


ग्लोबल पाना
मंगलबार, फागुन २२ २०८०
  • 347
    SHARES

  • images
    गाडीकोे ठक्करले एक जनाको मृत्यु

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका-६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ग्रामथान-६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो ।

    उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्राका क्रममा उनलाई सवारी साधनले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनलाई ठक्कर दिने सवारी साधनको खोजीका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ