Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध


ग्लोबल पाना
बिहीबार , फागुन २४ २०८०
  • 234
    SHARES

  • images
    गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

    images
    images
    images

    वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायतका मदिरा बिक्रीवितरण गर्न रोक लगाइएको रघुगङ्गा -२ का वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिए । उनका अनुसार अटेर गरी लुकीछिपी गुणस्तरहीन मदिरा बिक्री गर्ने व्यवसायीको अनुगमन गरेर कारबाही गर्न थालिएको छ ।

    बुधबार भगवतीमा सवारीसाधनमा खाद्यान्नलगायतका सामग्रीसँग लुकाएर कमसल मदिरा बिक्रीवितरण गर्न पुगेको बेनी नगरपालिका-८ कालिपुलमा रहेको बिक्की एण्ड बदर्शलाई रु १० हजार जरिवाना गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । उक्त फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका एक सय बोत्तल मदिरासमेत जफत गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ