Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

मिटरव्याज पीडितले चाँडै न्याय पाउने


ग्लोबल पाना
बिहीबार , फागुन २४ २०८०
  • 229
    SHARES

  • images
    मिटरव्याज पीडितले चाँडै न्याय पाउने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजी पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरुमा सांसदहरुले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताए ।

    images
    images
    images

    मिटरव्याज पीडितको समस्या समाधान गर्ने क्रममा सरकारका काम कारबाही प्रति उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘फागुन १६ गतेसम्म २ हजार ९ सय ८४ वटा उजुरी आपसी मेलमिलापबाट फछ्यौट भएका छन् । मेलमिलापबाट फछ्यौट गराउन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने अहिलेको प्रयासबाट अबको केही समयमै सबै उजुरी फछ्यौट भैसक्ने विस्वास सरकारको छ।’

    साथै उनले २३ दिन हिँडेर न्याय माग्दै काठमाडौंको भृकुटीमण्डपमा बसिरहेका मिटरव्याज पीडितको समस्या समाधान गर्न संघर्षरत पक्षसँग वार्ता भैरहेको उल्लेख गर्दै छिट्टै तार्किक निष्कर्षमा पुग्ने विस्वास व्यक्त गरे ।

    ‘मिटरव्याजका लेनदेनलाई एकमुष्ट रुपमा बदर गर्नुपर्ने मागसहित अहिले आन्दोलनमा रहेका नागरिक समुहसँग सम्वाद र समस्या समाधान गर्नका लागि गृह मन्त्रालयको सह सचिवको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । संघर्षरत पक्षसँग अहिले भैरहेको वार्ता छिट्टै तार्किक निष्कर्षमा पुग्ने विस्वास मेरो छ’ दाहालले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ