Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण हाम्रो दायित्व हो : सभापति देउवा


ग्लोबल पाना
सोमबार, फागुन २८ २०८०
  • 236
    SHARES

  • images
    सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण हाम्रो दायित्व हो : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूणर् सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण सबैको दायित्व भएको बताएका छन् ।

    images
    images
    images

    सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देशमार्फत् सभापति देउवाले ल्होसार जस्ता पर्व र सम्पूर्ण सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि जीवन्त बनाइ राख्नु सबै नेपालीको दायित्व हुने बताएका हुन् ।

    उनले मुख्यतः हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व रहेको बताएका छन् । ‘विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरु छन् ।

    तिनलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको छ,’ सभापति देउवाले भनेका छन् । लोकतन्त्रमा मात्र सबै जात-जाति, सबै भाषा-भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै सभापति देउवाले एकअर्काको भाषा संस्कृति र परम्पराको सम्मान र संरक्षण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ