Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

वर्तमान सत्ता समीकरणलाई प्रभावकारी बनाउन ५ दलबीच सहमति


ग्लोबल पाना
मंगलबार, फागुन २९ २०८०
  • 267
    SHARES

  • images
    वर्तमान सत्ता समीकरणलाई प्रभावकारी बनाउन ५ दलबीच सहमति

    काठमाडौं । वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा सत्तापक्षका ५ दलका नेताहरुले हस्ताक्षर गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार आयोजित सत्तापक्ष राष्ट्रियसभा सांसद अभिमुखीकरण कार्यक्रमपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्तासमिकरणलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा नेकपा एकीकृत समाजवादीसहित पाँचै पार्टीबीच लिखित सहमति भएको जानकारी दिए।

    images
    images
    images

    राजनीतिक मुद्दाहरुमा पाँचै दल एकै ठाँउमा रहेको र हस्ताक्षर समेत भएको उनले बताए। अहिलको मुख्य काम मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने भएको भन्दै यसअघिको गठबन्धनबाट अपेक्षित उपलव्धी हासिल नभएकाले नयाँ गठबन्धन सहितको सरकार बनेको उनले बताए।

    अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगाएतले नयाँ गठबन्धनलाई प्रभावकारी रुपमा अघि बढाउने र यसले देश र जनतामा केन्द्रीत भएर काम गर्ने धारणा राखेको उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए।

    उनले गठबन्धनतर्फका राष्ट्रियसभा उम्मेदवार नारायण दाहाललाई एकतावद्ध भएर मतदान गर्ने निणर्य भएको जिकिर गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ