Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल


ग्लोबल पाना
बुधबार, फागुन ३० २०८०
  • 281
    SHARES

  • images
    नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कलाकौशल र संस्कृति विशिष्ट खालको भएकै कारण विश्वसमुदाय लालायित हुने गरेको बताएका छन् । उनले नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र प्रचार गर्न सके पर्यटनको माध्यमबाट मुलुकको विकास र संमृद्धिको आधार खडा हुने दाबी गरे ।

    images
    images
    images

    बुधबार ललितपुरको बालकुमारीमा नवनिर्मित बालकुमारी मन्दिरको समुद्घाटन गर्दै राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाले कला, सम्पदा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे । ‘आज विश्वको आकर्षण नेपालप्रति छ, किनभने हाम्रो संस्कृति, मठमन्दिर, कलाकौशल र प्रकृति विचित्रको छ । यो अत्यन्तै वैभवशाली छ ।

    यसैका कारण हाम्रो कलाकौशल र सुन्दर संस्कृतिको अवलोकन गर्न विश्वसमुदाय लालायित छ । ललितपुर महानगरपालिकाबाट यसको संरक्षण र जगेर्ना गर्ने काम भइरहेको छ,’ राष्ट्रपति पौडेलले भने । उनले ललितपुर देशकै नमुना स्थानीय सरकार रहेको भन्दै त्यहाँबाट अरुले पनि सिक्नुपर्ने बताए ।

    ‘ललितपुर महानगरपालिकाले अहिले देशभरिका स्थानीय तहबाट नमूना काम गरेर देखाएको छ । यहाँको कार्यशैली र नेतृत्वबाट अन्य स्थानीय तहले धेरै कुराहरू सिक्न सक्ने देखिरहेको छु,’ राष्ट्रपति पौडेलको भनाइ थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ