Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक


ग्लोबल पाना
बुधबार, फागुन ३० २०८०
  • 283
    SHARES

  • images
    जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक

    पोखरा । जिल्ला समन्वय समिति कास्कीले  जिल्लास्थित  पालिकाहरूको आर्थिक बर्ष २०७९/८०को  बित्तिय सुशासन जोखिम मुल्यांकनको (FRA)को नतिजा सार्बजनिक गरेको छ   सार्बजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अन्क प्राप्त गरेको छ।

    images
    images
    images

    त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४.५, अन्नपूर्णले ६२,  मादिले   ६०.५ र पोखरा महानगर पालिकाले ६० अन्क प्राप्त गरेका छ्न। मंगलबार  विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्बजनिक गरिएको जि .स .स. कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।

    प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले साठी प्रतिशत भन्दा माथिको नतिजा  सहित  बित्तिय जोखिमको मध्यम जोखिममा देखिएको उल्लेख्य गर्दै   बित्तिय सुशासनमा अब्बल देखिने  नतिजा अबको लक्ष्य बनाउन आग्रह गर्नुभयो।  उहाँले सुशासन र समृद्धिको महत्त्वपूर्ण जग बित्तिय सुशासन भएको हुँदा हरेक पालिका चालू आर्थिक बर्षमा  बेरुजुरहित हुन तर्फ ध्यान केन्द्रित गर्न राष्ट्रसेवक कर्मचारी र जन प्रतिनिधिहरू लाग्न आग्रह गर्नुभयो । सुशासन सबैको साझा दायित्व भएको भन्दै पौडेलले बार्षिक कार्ययोजना मुताबिक कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

    उक्त मुल्यांकनमा बित्तिय सुशासन जोखिम मुल्यांकन कार्यबिधी -२०७७ लाई आधार बनाइ  योजना बजेट तथा कार्यक्रम ब्यबस्थापन, कार्यान्वयन क्षमता तथा ब्यबस्थापन, लेखान्कन तथा प्रतिबेदन, अनुगमन मुल्यांकन तथा लेखा परिक्षण र राजश्व ब्यबस्थापनका  बिषय क्षेत्र तोकि कुल ११८ वटा सुचकमा  आधारित भएर १०० पूर्णान्कमा मुल्यांकन गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो।

    शाखा अधिकृत झबिश्वर रेग्मिले काम गराइ र बुझाइमा एकरूपता नहुनु,नतिजाको  प्रभाबकारी कार्यान्वयन र समिक्षा को अभाव, अभिलेख ब्यबस्थापन प्रभाबकारी हुन नसक्नु, जस्ता बिषय कठिनाईको रूपमा देखिएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा कास्कीका पालिका प्रमुख गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब यमुना प्रधान, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, कास्कीका पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू, जिल्ला समन्वयका सदस्यहरू सहित संचारकर्मी एबम पत्रकारहरूको उपस्थिति रहेको थियो ।

    जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी बि.क र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ