Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस


ग्लोबल पाना
बिहीबार , चैत १ २०८०
  • 297
    SHARES

  • images
    पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस

    पोखरा । पोखरा महानगरपालिका वडा न १७ सितापाइलास्थित पोखरा बृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ। बृद्धाश्रमले बिहीवार जेष्ठ नागरिक मिलन कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो।

    images
    images
    images

    कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। सो अबसरमा पौडेलले जेष्ठ नागरिक ज्युदा इतिहास र भबिष्यका मार्गदर्शक भएको उल्लेख गर्दै जेष्ठ नागरिकहरूको सम्बर्द्धन र राज्यले प्रदान गरेका सेवा, सुबिधा र सम्मान निर्बाधरूपले उपयोग गर्ने बाताबरण निर्माणका लागि सबै पक्ष कटिबद्धताका साथ लागि पर्नु पर्ने उल्लेख गर्नुभयो ।

    जेष्ठ नागरिकका सबालमा बनेका ऎन ,कानुन र ब्यबस्थाहरू कडाइका साथ लागू गर्ने अभियान स्वरूप नेपालमा नै पहिलो पटक जिल्ला समन्वय समिति कास्कीले समन्वयात्मक बैठक मार्फत पहल शुरुवात गरेको जानकारी दिदै निरन्तर यी कार्य जारी राख्ने उल्लेख गर्नुभयो ।

    पोखरा महानगर पालिका वडा न १७ का वडा अध्यक्ष राधिका शाहीले सामाजिक र जेष्ठ नागरिकहरूको क्षेत्रमा पोखरा बृद्धाश्रमले खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उदाहरणिय सामाजिक कार्यमा वडाको सधैं साथ रहने बताउनुभयो।

    पोखरा महानगर पालिका वडा न १५ का वडा सदस्य बलराम पौडेल, जेष्ठ नागरिक मन्च गण्डकीका अध्यक्ष रोमा शाक्य, निबृत्त शिक्षक संघ केन्द्रिय उपाध्यक्ष तोयनाथ लामिछाने, लेखक रबिन्द्र माकाजु, ब्राह्मण समाजका केन्द्रिय उपाध्यक्ष भेषराज लम्साल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सो अबसरमा पोखरा बृद्धाश्रमको बिकास र सम्बर्द्धनका योगदान दिने महानुभाब, कर्मचारी तथा आजिबन सदस्यहरूलाइ सम्मान समेत गरिएको थियो। पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सह-सचिब सीता काफ्लेले र संचालन सचिब धर्म गुरुङले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ