Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

द नेशनल डिजाईनर रनवेको उपाधी अस्मिता श्रेष्ठलाई 


ग्लोबल पाना
शुक्रबार, चैत २ २०८०
  • 314
    SHARES

  • images
    द नेशनल डिजाईनर रनवेको उपाधी अस्मिता श्रेष्ठलाई 

    सुकुटे ।  राज्य मिडिया नेटवर्कद्वारा आयोजित चौथो संस्करणको द नेशनल डिजाईनर रनवे सम्पन्न भएको छ । ऊक्त रनवे कार्यक्रम सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्ट्मा बुधबार सम्पन भएको हो ।

    images
    images
    images

    रात्रिकालिन समयमा आयोजित रनवे कार्यक्रममा कुल १४ जना डिजाईनरहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।  उत्कृष्ट डिजाईनर ड्रेससंगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२४  को  शीर्ष उपाधी अस्मिता श्रेष्ठले जितेकी छन।  

    संस्करणको उक्त रनवेमा निर्णायक तथा दर्शकहरुको पहिलो रोजाईमा परेको श्रेष्ठको उत्कृष्ट सिर्जनाले उनलाई विजेताको प्रतिष्ठित उपाधि दिलायो। त्यस्तै प्रतियोगितामा मिराज हुसेनले उस्तै अब्बल सिर्जना पस्कदै फर्स्ट रनर अपको उपाधी हात पार्दा सुस्मिता घिसिङ सेकेन्ड रनरअपको उपाधी जित्न​ स​फ​ल र​हिन ।

    प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा र्‍याम्पमा उत्रिएका मोडलहरुले दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।   देशका प्रतिभाशाली फेशन डिजाइनरहरूले आफ्ना उत्कृष्ट ड्रेसहरुलाई नवीन शैलीमा संयोजन गर्दै नेपाली फेसन पारखीहरुको निम्ति ‘द नेशनल डिजाईनर रनवे’ मा असाधारण दृश्य प्रस्तुत गरेका थिए ।

    रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न यस्  प्रतियोगिता स्वस्ती  दंगालको निर्देशन र  परमानन्द चौधरीको व्यवस्थापनमा भएको हो ।  जसमा  रेजिना तुलाधर, धिरज तण्डुकार र  अङ्कित माइती निर्णायकको भुमिकामा थिए ।

    कार्यक्रमले उदीयमान डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गरेको राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले बताए । 

    नेपालमै पहिलो पटक बिचमा रनवे गर्ने सपना सुनकोशी नदि तटमा उत्कृष्ट मोडलहरुको उत्साहजनक प्रस्तुतीमाझ साकार भएकोमा खुसि व्यक्त गर्दै प्रशस्त रचनात्मकताका साथ, ‘द नेशनल डिजाईनर रनवे’ ले नेपालको फेसन परिदृश्यमा चिरकालीन छाप छाड्न सफल भएको  आयोजक संस्थाका सीइओ डेभिल सिंह राजपुतले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ