Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

महानगर रोजगार मेलामा सफाइ कर्मचारीदेखि सीईओसम्मको माग


ग्लोबल पाना
शनिबार, चैत ३ २०८०
  • 264
    SHARES

  • images
    महानगर रोजगार मेलामा सफाइ कर्मचारीदेखि सीईओसम्मको माग

    विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको महानगर रोजगार मेला मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सीइओ) सम्मको माग आएको छ । महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेको मेलामा (हिजो)शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।

    images
    images
    images

    त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ) को बढी माग आएको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए । माग आएकामध्ये ३ सय ९२ जनाका लागि रोजगारीसमेत सिर्जना भएको उनले बताए । महानगरले रोजगारदाता र रोजगारीको खोजीमा रहेको जनशक्तिलाई जोड्ने उद्देश्यले पहिलोपटक रोजगार मेला आयोजना गरेको हो ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताए । हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेको उल्लेख गर्दै मेयर कोइरालाले त्यसमध्ये थोरैले मात्रैले स्वदेशमा रोजगारीको अवसर पाउने गरेको चर्चा गरे ।

    बाँकी धेरैजसो विदेश पलायन हुनुपर्ने बाध्यता छ । महानगरले आयोजना गरेको रोजगार मेलाले बेरोजगारी समस्या सबै समाधान त गर्न सक्दैन । तर एउटा सानो प्रयास चाहिं हो भन्ने मलाई लाग्दछ, कोइरालाले भने, मेलाबाट बढीभन्दा बढी लाभ उठाउन महानगरवासीलाई आग्रह गर्दछु ।

    रेमिट्यान्स भित्रिए पनि वैदेशिक रोजगारीले नेपाली समाजलाई दूरगामी असर पारिरहेको उनको भनाइ थियो ।

    खेतीयोग्य जमिनसहितका स्रोत साधनको उपयोग नहुनु, पारिवारिक विचलन, पहाडबाट तराई—मधेशमा बढ्दो बसाइँ सराईलगायतका समस्या बढ्दै मेयर कोइरालाले बताए ।

    हामीले स्वदेशमै बढीभन्दा बढी रोजगारीका अवसरहरू सिर्जना गर्न सकेमात्रै यस्ता समस्याबाट मुक्त हुन सक्दछौं, उनको भनाइ थियो, यस्ता मेलाले नयाँ रोजगारी सिर्जना र रोजगारीको अवसर प्राप्त हुन्छ ।

    कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले रोजगार मेलाले बजारमा कस्तो जनशक्ति आवश्यक छ र श्रमबजारमा कस्ता जनशक्ति छन् भन्ने विषय पनि प्रस्ट हुने बताइन् ।

    उनले मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने काम गरेको चर्चा गरिन् । महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक हुने मैले विश्वास लिएको छु,” उनले भनिन्, आफ्नो क्षमता अनुसारको रोजगारी नेपालमै पनि प्राप्त गर्न सकिन्छ भन्ने यस मेलाबाट पुष्टि हुनेछ ।

    कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रकुमार साह, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले महानगरले आयोजना गरेको रोजगारी मेलाबाट अन्य पालिकाका लागि पनि सिकाई हुने बताए ।

    दुई दिनसम्म सञ्चालन हुने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ