Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अमर राणा Game Changer' पुरस्कार २०२४ सुनिता डंगोललाई


ग्लोबल पाना
शनिबार, चैत ३ २०८०
  • 420
    SHARES

  • images
    अमर राणा Game Changer' पुरस्कार २०२४ सुनिता डंगोललाई

    काठमाडौं । ZONTA क्लब काठमाण्डौं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनितिक क्षेत्रहरुमा प्राप्त विशिष्ट महिला उपलब्धिहरूको उत्सव मनाउँदै र, 'पहेँलो गुलाब दिवस'का अवसरमा लैङ्गिक समानतामा काम गर्ने व्यक्तिहरूको उच्च प्रशंसा गर्दै विश्व भरको यो उत्सवमा सहभागी भएको छ।

    images
    images
    images

    “महिलामा गरिएको लगानी, उत्कृष्ट विश्वका निम्ति गरिएको लगानी हो,” भन्नुहुन्छ, आबा शाह, जोन्टा क्लब, काठमाडौंका प्रमुख। “यस वर्ष हामीले आ-आफ्ना क्षेत्रमा अविस्मरणीय छाप छोडेका १० अत्यन्त उत्कृष्ट महिलाहरूलाई सम्मानित गर्न पाउँदा अत्यन्तै गौरवान्वित छौं, जसले युवतीहरु र महिलाहरूलाई आफ्ना सपना पूरा गर्न थप अग्रसर हुने हौसला प्रदान गर्नेछ।”

    आज आयोजित 'पहेला गुलाब दिवस'को कार्यक्रममा, जोन्टा क्लब काठमाडौंले विभिन्न क्षेत्रका महिलाहरूलाई पुरस्कृत गरेको छ। २०२२ को यस कार्यक्रममा पुरस्कृत महिलाहरूको सूची निम्न लिखित छ:

    • बन्दना राणा - राजकुमारी हेलेन शाह प्रेरणादायक महिला बर्ष पुरस्कार २०२४
    • सुनिता डंगोल - अमर राणा Game Changer' पुरस्कार २०२४
    • सरिस्मा बस्नेत र प्रेरणा सापकोटा - ज्योति छात्रवृत्ति पुरस्कार २०२४
    • खुसि श्रेष्ठ र दीप्ति गौतम - इन्द्रकला छात्रवृत्ति पुरस्कार २०२४
    • अनसङ्ग शेर्पा: मैया श्रेष्ठ - फोटोग्राफर, सुनिता कोइराला - बाइक मेक्यानिक, यशोधरा थापा - पाइलट प्रशिक्षक, र रजनी श्रेष्ठ - बडीविल्डर

    साथै, जोन्टा क्लब, काठमाडौंले हिंसाका शिकारहरूलाई कानूनी सेवा प्रदान गर्ने वकिलहरूको पहिचान र सम्मान पनि गरेको छ।

    जोन्टा क्लब,काठमाडौंले यसरी विभिन्न प्रशिक्षणका कार्यक्रमहरु द्वारा महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने, तिनका कौशल र क्षमता बढाउने गोष्ठी, कार्यशाला र सेमिनारहरू आयोजन गर्दै लैङ्गिक समानता र समतालाई प्रोत्साहन गर्दछ। जोन्टा सदस्यहरू स्थानीय र राष्ट्रिय स्तरमा लैंगिक हिंसाको अन्त्य, समान पारिश्रमिक, पुरुष-नियन्त्रित क्षेत्रमा लैंगिक अन्तरलाइ कम गर्दै अन्य थुप्रै काम गर्ने बारेमा जागरूकता र अभिवृत्तिका प्रयासहरूमा सहभागी हुन्छन्।

    यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस 'लैङ्गिक समावेशितालाई प्रेरित गरौँ' भन्ने नाराका साथ मनाईदै छ जसले पूर्वाग्रही, स्टेरियोटाइप, र भेदभाव रहित समय र स्थानको परिकल्पना गर्दछ। हामीले सबैलाई महिला समावेशताको महत्वलाई बुझ्न र मूल्यांकन गर्न प्रेरित गर्यौं भने, हामी एक राम्रो संसार बनाउँन तर्फ अग्रसर हुन्छौँ। र जब महिलाहरू स्वयं समावेशितामा  सम्मिलित भएका हुन्छन्, त्यहाँ एकता, सान्दर्भिकता, र शक्तिको पूर्णताको आभास हुन्छ। आउनुस्, संगसंगै हामी महिलाहरूको लागि अधिक समावेशी एउटा उत्कृष्ट दुनिया बनाउने प्रण गरौँ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ