Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपानेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


ग्लोबल पाना
सोमबार, चैत ५ २०८०
  • 280
    SHARES

  • images
    नेपानेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो ।

    images
    images
    images

    घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूणर् गाउँपालिका-५ का वडासदस्य पूणर् पाइजाले जानकारी दिए ।

    सडकदेखि करिब २०० मिटर तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाछ दुई जनाको शव फेला परेको उनले बताए । “हिजो राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भिरमा अड्किएको अवस्थामा फेला परेको हो,”, उनले भने ।

    प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ