Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सहकारी समस्या समाधान गर्न आयोग बनाउन एमालेको माग


ग्लोबल पाना
सोमबार, चैत ५ २०८०
  • 195
    SHARES

  • images
    सहकारी समस्या समाधान गर्न आयोग बनाउन एमालेको माग

    काठमाडौं । नेकपा एमालेले सहकारी समस्या समाधान गर्न आयोग बनाउन माग गरेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद ऋषिकेश पोखरेलले सहकारी ठगीका धेरै समस्या देखिएको भन्दै आयोग बनाएर छानबिन गर्न माग गरेका हुन् ।

    images
    images
    images

    ‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक (दोषी) खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोहोर्‍याए, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु-तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’ जिम्मेवारीपूर्वक समस्या समाधानका निम्ति काम गर्नुपर्ने उनले औँल्याए ।

    “तत्काल आयोग बनाऊँ र समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गर्दछु,” उनले भने, “सहकारीको वर्गीकरण गरौँ । सम्पत्तिको स्रोत प्रमाणीकरण गरौँ । ऋणीहरुको अध्ययन गरौँ । ऋण फर्काउनैपर्ने बाध्यकारी नियम बनाऊँ र नियामक निकाय बनाउने तथा कानुनको संशोधन गरौँ । यो गर्न सके मात्र सहकारीमा देखिएको समस्या समाधान गर्न सकिन्छ ।”

    सहकारी अभियान मानव जीवनको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको आन्दोलन भएको उनले बताए । लोकतान्त्रिक भाषामा सहकारी समाजवादको आधारस्तम्भ र वामपन्थीमा कम्युनको प्रारम्भ भएको उनको भनाइ थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ