Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महरालाई पक्राउ गरेकोमा गगन थापाले दिए सरकारलाई धन्यवाद


ग्लोबल पाना
सोमबार, चैत ५ २०८०
  • 514
    SHARES

  • images
    महरालाई पक्राउ गरेकोमा गगन थापाले दिए सरकारलाई धन्यवाद

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएको छ। प्रतिनिधि सभाको सोमबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका कांग्रेस सांसदसमेत रहेका महामन्त्री गगन थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्।

    images
    images
    images

    सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ परेकोमा उनले सरकारलाई धन्यवाद दिँदै भने ‘आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ,’ उनले भने, ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ।’

    महामन्त्री गगन थापाले सहकारी प्रकरणलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन्। ‘सहकारी काण्डमा पनि शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् तर गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस्,’ थापाले भने, ‘यति भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं? यो सदनलाई प्रश्न हो।

    यो कुनै एउटा पक्षको कुरा होइन, सिंगो सदनको विवेकमाथिको प्रश्न पनि हो।’ सोमबार प्रतिनिधी सभाको बैठकमा बोल्दै थापाले सहकारी प्रकरणबारे प्रधानमन्त्रीबाट जबाफ आउनुपर्ने बताए। ‘हामीले यो विषय गम्भीरतापूर्वक उठाएका छौं, यसको जबाफ प्रधानमन्त्रीजीबाट चाहन्छौं। सभामुखलाई पनि मेरो अनुरोध छ- यो प्रश्नलाई यत्तिकै मर्न नदिऔं। सहकारी प्रकरणको अनुसन्धान निष्पक्ष ढंगबाट हुन्छ भन्ने विश्वास हामीलाई चाहिएको छ।

    अनुसन्धान निष्पक्ष हुन्छ भन्ने प्रधानमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनु हुन्छ हामी सुन्न चाहन्छौं,’ उनले भने, ‘हामी सरकार र सदनलाई अप्ठेरो पार्न चाहन्नौं। के यी कांग्रेसका निजी प्रश्न हुन्? सडकमा बसेका हजारौं सहकारी पीडितको पैसा फिर्ताको ग्यारेन्टी होस्।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ