Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने


ग्लोबल पाना
मंगलबार, चैत ६ २०८०
  • 338
    SHARES

  • images
    खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने

    काठमाडौं । रंगहरुको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने भएको छ ।

    images
    images
    images

    माैलिक फिल्म्स, खाँडादेवी फिल्म र फूडल्याण्डको सयुत्त आयोजनामा फागु पूर्णिमाको दिन चैत ११ गते आइतबार बिहान १० बजे देखि नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं ख्यातिप्राप्त कलाकारहरुको लाइभ दोहोरी,कल्चर डान्स लगाएतको बृहत होलि साङ्गीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

    नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन बिगतका बर्ष झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक एजुकेटिभ सेफ गोपी थापाले जानकारी दिनु भयो।

    कार्यक्रममा सांगीतिक माहौलका बीच रङ अनि पेय पदार्थको साथमा खानाका बिबिध परिकार जस्तै लोकल खसी, कुखुरा, बदेलका लाइभ बारबेक्‍यू, विभिन्न थरीका म:म का परिकार नूडलस च्याउ, पनिर माछा, ससेस लगाएतका नेपाली, चाइनिज, कन्टिनेन्टल मासुको उत्कृष्ट, आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसारको खानाको परिकार समेत पाइने पनि थापाले जानकारी दिनु भयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ