Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रोचक कथासँगै अनुपबिक्रम शाहीको दमदार स्टन्ट


ग्लोबल पाना
बुधबार, चैत ७ २०८०
  • 259
    SHARES

  • images
    रोचक कथासँगै अनुपबिक्रम शाहीको दमदार स्टन्ट

    काठमाडौं । सफ्ट ड्रिंक माउण्टेन ड्युले नेपाली उपभोक्ताहरुलाई आफूभित्रको डरलाई हटाउन आग्रह गर्दै आजदेखि एक गतिशील एवं आकर्षक ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ । यस अभियानमा जोडिएका अभिनेता अनुपबिक्रम शाहीले माउण्टेन ड्युले विगतका दिनहरुदेखि नै व्यक्तगर्दै आएको ‘डरको अगाडि जित छ’भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् ।

    images
    images
    images

    यो अत्यन्त रमाइलो प्रचार अभियान एक टिभी विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरुलाई बाँधिराख्नेछ । पकड राखिराख्ने फिल्म एउटा गोदामबाट आँधी तुफान चलेसंगै सुरु हुन्छ भने यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन् ।

    यसैबीच अनुपबिक्रम शाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको आँधी र त्यसको चपेटामा पर्न गइरहेका आफ्ना साथीहरुलाई देख्छन् । भयंकर आँधी, आगो र अवशेषहरुलाई बेवास्ता गर्दै ‘माउण्टेन ड्यु’को एक सिप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरुलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोशिलो स्टण्टसंगै आँधीको मार्ग पनि बदलिदिन्छन् ।

    यो भयावहपूर्ण परिस्थितिको निष्कर्षले अन्त्यमा फेरि एकपटक माउण्टेन ड्युको ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई मजबुत गरिदिएको छ । यी साहसिला दृश्यहरु शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भनें प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

    अभियानको बारेमा आफ्नो भनाइ राख्दै पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयलले भने ‘माउण्टेन ड्युको प्रतिष्ठित मूलमन्त्र ‘डरको अगाडि जित छ’लाई अनुपबिक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि शुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं । हामी विश्वस्त छौं कि बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरु भएको टिभी विज्ञापन नेपाली युवाहरुसंग जोडिनेछ र माउण्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरु भित्रको डरलाई भगाएर यो गर्मी यामको मज्जा लिन जोड दिनेछ ।’

    अनुपबिक्रम शाहीले अभियानको बारेमा टिप्पणी गर्दै भने ‘माउण्टेन ड्युसँग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा ‘डरको अगाडि जित छ’ लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो । माउण्टेन ड्युको एक्सनले भरिपूणर् दृश्यहरु छायांकनले मभित्र अदम्य साहसहरु भरिएका छन्, जुन मेरो व्यक्तित्वसंग पनि दुरुस्त मेल खान्छ । सधैंं जसो नेपाली युवाहरुसँग यो यात्रा साझा गर्दै उनीहरुलाई उनीहरुको डरभन्दा अगाडि बढाउन र जितलाई आत्मसात गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छु ।’

    नयाँ माउण्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभी च्यानलहरु लगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा संचालन गरिनेछन् । माउण्टेन ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरु आधुनिक एवं परम्परागत खुद्रा पसलहरुका साथसाथै अग्रणी इ-कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ