Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

महिलालाई आत्मनिर्भर बनाउन ब्युटी पार्लर तालिम सुरु


ग्लोबल पाना
बिहीबार , चैत ८ २०८०
  • 426
    SHARES

  • images
    महिलालाई आत्मनिर्भर बनाउन ब्युटी पार्लर तालिम सुरु

    बारा । बाराको देवताल गाउँपालिकामा बुधबारदेखी ४५ दिने ब्युटी पालर्र तालिम सुरु भएको छ । देवताल गाउँपालिकाको वडा नम्बर ४ को सहयोगमा र स्काई फाउन्डेसन सिम्रौनगढ नगरपालिका वडा नं. २ बाराको आयोजनामा देवताल गाउँपालिका वडा नं. ४ को धर्मशालामा सिपमुलक ब्युटिसियन तालिम सुरु भएको हो ।

    images
    images
    images

    तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले गाउँपालिकामा महिला र पुरुष बिचको भिन्नता अन्त्य गर्न तालिम सुरु गरिएको बताए । महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरुले आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिप मुलक ब्युटी पालर्र तालिम संचालन गरिएको अध्यक्ष यादवले बताए ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष यादवले तालिमबाट सिप सिखेर महिलाहरु आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । विशिष्ट अतिथि वडा अध्यक्ष ललन कुमार यादवले सिपले महिलाको पहिचान स्थापित गर्ने बताए ।

    महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिखी आर्थिक विकास गर्नु पर्नेमा उनले जोड दिनुभयो । गाउँपालिका भित्र रहेका बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताए ।

    स्काई फाउन्डेसनका अध्यक्ष अमलदेव प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा देवताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्वत, वडा नं. ५ का वडा अध्यक्ष सुरेश प्रसाद साह लगायतले आ- आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

    वडा भित्रका ३० जना महिलाहरुको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । सो उद्घाटन समारोहमा समाजिक विकास तथा योजना प्रमुख राजीव यादव, जितेन्द्र प्रसाद यादव, लेखा प्रमुख गजेन्द्र प्रसाद यादव, सहायक लेखा प्रमुख ललन कुमार यादव लगायतको उपस्थिती रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ