सिन्धुली । Global Money Week २०२४ को अवसरमा कृषि विकास बैंक बाग्मती प्रदेश कार्यालय को संयोजनमा चैत ८ गते कमला माध्यमिक विद्यालय सिन्धुलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च महिनामा मनाउने गरिन्छ । सुरुवात युवा बाटै बलियो आधार बचत बाटै ! भन्ने नाराका साथ यस वर्षको विश्व वित्तीय सप्ताह विभिन्न कार्यक्रमगरी मनाउने क्रममा कृषि विकास बैंक सिन्धुली शाखाको संयोजन तथा कमला माध्यमिक विद्यालयको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यालयका +२ संकायका संयोजक भारत ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका बागमती प्रदेश प्रमुख गिरीधारी पौडेलको प्रमुख आतित्यथा रहेको थियो । कृषि विकास बैक सिन्धुली शाखाका प्रबंधक तेज बहादुर कार्कीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा बैंकको तर्फबाट गिरिधारी पौडेल ले गर्नु भएको प्रस्तुतीकरण मा दिवाकर सुवेदीले सहजीकरण गरेका थिए ।

वित्तीय सेवा भनेको के हो ? कहाँ बाट कसरी प्राप्त गर्ने ? वित्तीय जोखिमबाट कसरी बच्ने ? बैंकिङ कारोबारगर्दा के के कुरामा ध्यान दिने ? विषयमा केन्द्रित रहेको कार्यक्रममा सहभागीहरूलाई स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोबारहरू तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्यक्रममा ६० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


