Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग


ग्लोबल पाना
शुक्रबार, चैत ९ २०८०
  • 359
    SHARES

  • images
    गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग

    काठमाडौं । सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निणर्य गरेको एक मन्त्रीले जानकारी दिए । आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण थालेको थियो ।

    images
    images
    images

    आयोगको अध्यक्षमा केशव निरौला थिए भने उपाध्यक्ष नहेन्द्र खड्का थिए । निरौला नेपाली कांग्रेसनिकट हुन् भने खड्का माओवादी केन्द्र हुन् । २०७८ साउनमा गठन भएको आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको हो ।

    त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ