Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
सोमबार, चैत १२ २०८०
  • 390
    SHARES

  • images
    नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो ।

    images
    images
    images

    “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कही कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।” नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिनुभयो । “राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,” प्रधानमन्त्रीले भन्नुभयो, “हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ ।

    अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।” जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

    तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आईपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भईसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष होइन भन्नुभयो । सचिवको विदाइ लामो समय राष्ट्र सेवामा संलग्न भइ सचिव पदबाट सेवा निवृत्त हुनुभएका कर्मचारीको आज विदाइ गरिएको छ ।

    सिहरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त हुनुभएका १२ जना सचिवलाई दोसल्ला ओडाएर सम्मान गर्नुभयो । सेवा निवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ र केवलप्रसाद भण्डारी रहनुभएको छ ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने बताउनुभयो । सेवा निवृत्त सचिव गुरागाइँले आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरीकन निरन्तर राष्ट्रको सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि प्रत्यक्ष र अप्रत्यक्षरूमा देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ