Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

चलचित्र ‘महाजात्रा’ले महिला र ब्युटिसियन पेसा मर्यादित रहेको सन्देश दिएकाे छ : वरिष्ठ ब्युटिसियन महरा


ग्लोबल पाना
मंगलबार, चैत १३ २०८०
  • 787
    SHARES

  • images
    चलचित्र ‘महाजात्रा’ले महिला र ब्युटिसियन पेसा मर्यादित रहेको सन्देश दिएकाे छ : वरिष्ठ ब्युटिसियन महरा

    काठमाडौं । नेपाली दर्शकहरूले खुबै मन पराइरहेको चलचित्र‘महाजात्रा’मा नायिका वर्षा राउत ब्युटिसियनको भूमिकामा देखिएकी छिन् । महिलाले पनि आफ्नो श्रम र सीपबाट आर्थिक आम्दानी गर्न र घर परिवार धान्न सक्छन् भन्ने दृष्टान्त दिन नायिका राउतलाई चलचित्रमा ब्युटिसियनको रूपमा प्रस्तुत गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

    images
    images
    images

    चलचित्रमा नायिका राउतलाई नेपालकै नम्बर वान ब्युटि सैलुन फेसियल हाउसमा कार्यरत रहेको देखाइएको छ । चलचित्र ‘महाजात्रा’ले महिला र ब्युटिसियन पेसा मर्यादित रहेको सन्देश दिँदै उचित स्थान दिएकोमा समग्र महिलाहरू खुसी रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक समेत रहेकी वरिष्ट ब्युटिसियन सुष्मा महरा बताउँछिन् ।

    एक जना महिलाबाटै यो पेसामाथि हमला भइरहेको परिस्थितिमा चलचित्रले त्यसलाई चिर्दै उचित स्थान दिएकोमा उनले खुसी व्यक्त गर्दै भनिन्, ‘युग बदलिइसकेको छ । अब घर ब्यवहार धान्न लोग्ने मान्छेको मात्र भर पर्नु पर्ने दिन अब छैन । महिलाहरूले पनि उद्यमशीलतामार्फत देशमा रोजगारीको सृजना गर्नेदेखि राजनीतिक र सामाजिक नेतृत्व गर्ने तहसम्म पुग्न सक्ने क्षमता राख्न थालिसकेका छन् ।’

    चलचित्रमा श्रीमतीले अरुको खुट धोएर भए पनि घर परिवाल पाल्छु नराम्रो काम नगर भनेर आफ्नो श्रीमानलाई गरेको आग्रहले आफ्नो मन छोएको पनि उनले बताइन् । तर, ब्युटिसियनहरूलाई हेर्ने नजर भने अझै नबदलिएको देख्दा अत्यन्तै दुःख लाग्ने उनको भनाइ छ । ‘यो चलचित्र आम ब्युटिसियनहरूले त हेर्नुपर्छ नै, जसले यो पेसामाथि गलत सोचिरहनुभएको छ उहाँहरूले त नहेरी हुँदैहुँदैन,’ उनले भनिन् ।

    हिट र ब्राण्डेट चलचित्रहरूले यस किसिमको भूमिकालाई उजागर गर्दा आम महिलाहरूमा हौसला बढ्ने उनको भनाइ छ । काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले विशेषगरी महिलाहरूका रोजगारीयुक्त कार्यक्रमहरू समावेश गरी चाबहिलस्थित केएल टावरसहित उपत्यकाबाहिर पोखरा, धनगढी, सुर्खेत र चितवनबाट समेत आफ्ना सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

    फेसियल हाउसले प्रत्यक्ष रूपमा दुई सय जना भन्दा बढीलाई रोजगारी समेत दिएको छ । यही चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको चलचित्र ‘महाजात्रा’लाई दर्शकले खुब मन पराएका छन् । आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा नायिका राउतसहित हरिवंश आचार्य, विपीन कार्की, रविन्द्रसिंह बानियाँ, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ ।

    चलचित्र ‘महाजात्रा’को केही दृश्य फेसियल हाउसको आउटलेट चाबहिलस्थित केएल टावरमा छायाङ्कन गरिएको हो । सो आउटलेटमा केही समयअघि सेवा लिन अध्यागमन विभागकी एक जिम्मेवार अधिकृत बन्दना कणर् पुगेकी थिइन् । उनले ब्युटिपार्लरमा सीसी क्यामेरा राखेर व्यक्तिगत गोपनीयता भङ्ग गर्ने गरेको तथा अनैतिक कार्य समेत गर्ने गरेको मिथ्या आरोप लगाउँदै ब्युटिपार्लरलाई खराब हुन् भनेर चित्रण गर्ने प्रयास गरेकी थिइन् ।

    तर अदालतले उनको आरोप गलत भएको पुष्टि गरिसकेको पनि फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ