काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँटमा कुनै सहमति नभएको जवाफ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको ब्रिफिङ गरेका हुन् ।
बैठकले वैशाख १५ हुन लागिएको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निणर्य गरेको थियो । तर प्रदेशको सिट बाँडफाँटमा कुनै निणर्य नभएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबारसम्म सिट बाँडफाँटमा टुङ्गो लगाउने बताएका छन् । बैठकको निणर्यबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले भने- ‘प्रदेशको सिट बाँडफाँटमा कुनै निणर्य भएको छैन । अध्यक्षले बिहीबारसम्म टुङ्गो लाग्ने बताउनुभएको छ । यस सम्बन्धमा अर्को बैठकमा निणर्य हुन्छ ।’
कोशी, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व एमालेलाई छाड्न तयार भए पनि कणर्ाली प्रदेश नछाड्न माओवादीभित्र तीव्र दबाब परेको छ । यस्तै मधेश प्रदेश जसपा र सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टीलाई दिन माओवादी सकारात्मक देखिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


