Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

रक्षा नेपालकी संस्थापक अध्यक्ष ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ बाट सम्मानित


ग्लोबल पाना
बुधबार, चैत १४ २०८०
  • 294
    SHARES

  • images
    रक्षा नेपालकी संस्थापक अध्यक्ष ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ बाट सम्मानित

    काठमाडौ । रक्षा नेपालकी संस्थापक अध्यक्ष मेनुका थापा सम्मानित हुनुभएको छ । मगंलबार सिजन मिडियाले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको “नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप कार्यक्रम” तथा अन्य विभिध सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उप सभामुख इन्दिरा राना मगरले भव्य समारोहका बीच रक्षा नेपालको अध्यक्ष मेनुका थापालाई सम्मान गर्नु भएको हो।

    images
    images
    images

    सम्मानित मेनुका थापा विगत विगत २० वर्षदेखि अत्यन्त निष्ठा र समर्पणका साथ यौनजन्य हिंसा बलात्कार पीडित, प्रभावितको उद्धार, संरक्षण र उनीहरको पुनस्र्थापना गर्दै बिभिन्न सामाजिक संघ–संस्थाहरुमा आवद्ध भई दिनदुखी, गरिब, अनाथ, अशक्त र अन्य कार्यमा सहयोग गर्ने ,देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गरेको महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै थापालाई सम्मान गरिएको हो ।

    कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ