Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

"नेशनल सोसल वेलफेयर अवार्ड २०२३" वाट मानव बेचबिखनविरुद्धका अभियानकर्मी भट्टराई सम्मानित


ग्लोबल पाना
बुधबार, चैत १४ २०८०
  • 783
    SHARES

  • images
    "नेशनल सोसल वेलफेयर अवार्ड २०२३" वाट मानव बेचबिखनविरुद्धका अभियानकर्मी भट्टराई सम्मानित

    काठमाडौं  । मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, लाई ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ। मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो ।

    images
    images
    images

    गाेरखा जिल्लामा जन्मनु भएका बौद्धिक, सामाजिक चिन्तक र अत्यन्तै मिलनसार स्वभावका भट्टराई लामाे समय देखि मानव वेचविखन विरुद्वमा अभियान चलाउदै आउनु भएकाे छ । भट्टराईले सामाजिक क्षेत्रमा धेरै नै याेगदान पुर्याउदै आउनु भएकाे छ ।

    उहाँसंगै अवार्डबाट सम्मानित हुनेहरूमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव रक्षा नेपालकी संस्थापक मेनुका थापा, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी,रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल, चिकित्सक डा मनिषा कार्की रहनु भएकाे छ ।

    सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको जानकारी दिनुभयाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ