Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः गृहमन्त्री लामिछाने


ग्लोबल पाना
बुधबार, चैत १४ २०८०
  • 252
    SHARES

  • images
    सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम जोडिएको बाहेक अरु कुनै संलग्नता नभएको बताएका छन्। बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका हुन्।

    images
    images
    images

    उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताए। गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

    संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ