Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

गरिमा विकास बैंकको सिईओमा माधव प्रसाद उपाध्याय नियुक्त


ग्लोबल पाना
बिहीबार , चैत १५ २०८०
  • 875
    SHARES

  • images
    गरिमा विकास बैंकको सिईओमा माधव प्रसाद उपाध्याय नियुक्त

    काठमाडौं। गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको बसेको बैंकको सञ्चालक समितिको बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। यसअघि उपाध्यक्ष सोही बैंकमा नायव कार्यकारी अधिकृत पदमा कार्यरत थिए। उपाध्यायलाई वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सिईओ पदमा नियुक्त भएका हुन्।

    images
    images
    images

    व्यवस्थापनमा स्नातकोत्तर गरेकान उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए। उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन-प्राध्यापन पेशामा संलग्न थिए।

    यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएपछि बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निणर्य गरेको हो।

    बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई बिहीबारदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निणर्य समेत गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ