Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

लायन्स क्लव अफ काठमाडौं शुभआरम्भको अध्यक्षमा पत्रकार तथा सामाजिक अभियान्ता न्यौपाने सर्वसम्मतीमा चयन


ग्लोबल पाना
आइतबार, चैत १८ २०८०
  • 709
    SHARES

  • images
    लायन्स क्लव अफ काठमाडौं शुभआरम्भको अध्यक्षमा पत्रकार तथा सामाजिक अभियान्ता न्यौपाने सर्वसम्मतीमा चयन

    काठमाडौं । लायन्स क्ल्व अफ काठमाडौं शुभआरम्भको आज भएको क्लवको तेस्रो वार्षिक साधारण सभाबाट आगामी लायन वर्ष २०२४÷२५ को अध्यक्षमा लायन रामशरण न्यौपाने (सुशान्त) को नेतृत्वमा नयाँ कमिटि सर्वसम्मतीबाट चयन भएको छ ।

    images
    images
    images

    स्वयम्भुको एक क्याफेमा सम्पन्न क्लवको तेस्रो वार्षिक साधरणसभा तथा अधिवेशनले अध्यक्षमा जनपक्षिय जुझारु पत्रकार तथा सामाजिक अभियान्ता सुशान्त न्यौपानेलाई चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्ष लायन बिन्जु श्रेष्ठ, द्वितिय उपाध्यक्षमा लायन श्यामकृष्ण महर्जन, सचिवमा लायन सुरज कार्की, र कोषाध्यक्षमा लायन सविता श्रेष्ठ चयन भएका छन् ।

    वरिष्ठ सल्लाहकारमा हरि राजवाहक र रिना राजभण्डारी चयन भएका छन् । सल्लाहकार सदस्यमा दिनेश कुमार बाँडा, लिओ को–अडिनेटरमा बिन्जु श्रेष्ठ, पि.आर.ओ. मा अमिता श्रेष्ठ, एलसिआईएफ संयोजकमा निरा खड्गी र सरोज शर्मा, एनएलएफ संयोजकमा सुरेन्द्र कुमार सांघाई र सदस्यमा अञ्जु श्रेष्ठ, व्यवस्थापन संयोजकमा राजेश श्रेष्ठ, इन्टरनेशनल कन्जरभेसनमा श्रृजता कुँवर, क्याबिनेट मिटिङ को-अडिनेटरमा सुमन्ति श्रेष्ठ चयन भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ