Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चिनियाँ अस्पतालको क्वारेन्टिनमा वर्षमानको उपचार सुरु


ग्लोबल पाना
बिहीबार , मंसिर २२ २०७९
  • 247
    SHARES

  • images
    चिनियाँ अस्पतालको क्वारेन्टिनमा वर्षमानको उपचार सुरु

    काठमाण्डौ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ। चीनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा राखेर उनको शरीरमा बल्झिएको जन्डिसको उपचार सुरु गरिएको हो। मंसिर ४ को निर्वाचनअघिदेखि नै उनी बिरामी परेका थिए।

    images
    images
    images

    चुनावमा खट्ने क्रममा जन्डिस बल्झिएपछि उनी उपचारका लागि गएका थिए। चीनमा पछिल्लो समय कोरोना महामारी फेरि फैलिएपछि पुनलाई उक्त अस्पतालको क्वारेन्टिनमा राखेर उपचार भइरहेको छ। जटिल किसिमको वंशाणुगत जण्डिस पटक पटक बल्झिरहँदा पुनको स्वास्थ्यमा एकपछि अर्को समस्या आइरहेको छ। नेपालमा आवश्यक स्वास्थ्य चेकजाँचपछि पुन गत शुक्रबार फलोअप उपचार गर्न दुबई हुँदै सेन्जेन गएका थिए।

    उनीसँग पत्नी ओनसरी घर्ती पनि चीनमै छिन्। उनले पुनको स्वास्थ्यमा सामान्य सुधार भएको बताएकी छन्। अहिले पुनको शरीरमा जण्डिसको मात्रा २७ बाट घटेर २४ मा झरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ