Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अनलाइनमार्फत ठगी गर्ने ३ चिनियाँ पक्राउ


ग्लोबल पाना
आइतबार, चैत १८ २०८०
  • 251
    SHARES

  • images
    अनलाइनमार्फत ठगी गर्ने ३ चिनियाँ पक्राउ

    पर्सा। प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्।

    images
    images
    images

    उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए।

    उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।

    पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ