Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंमा भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) आयोजना हुँदै


ग्लोबल पाना
आइतबार, चैत १८ २०८०
  • 262
    SHARES

  • images
    काठमाडौंमा भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) आयोजना हुँदै

    काठमाडौं । भारत-नेपाल लोक शिल्प मेला २०२४ मार्च २८ देखि अप्रिल ०१ सम्म हरेक दिन १०:०० बजे देखि ७:०० बजे सम्म आयोजना हुँदैछ। भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एशिया फाउन्डेशन (एसएफ) को एक पहल हो, जसले शिल्पमा आधारित द्विपक्षिय सम्बन्धहरुको प्रोत्साहन गर्दछ र भारत र नेपाल बीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ। यो अभुतपूर्व शिल्प मेला यहि मार्च २८ देखि अप्रिल ०१ सम्म छाया सेन्टर, ठमेल, काठमाडौंमा आयोजना हुँदैछ। सम्पूर्णका लागि खुला यस मेलाको अवलोकन निःशुल्क गर्न पाइने छ। मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू हुनेछ।

    images
    images
    images

    मेलाका आकर्षणहरु : व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कशपहरु, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत, मेलाको आकर्षणका रुपमा रहनेछन्। शिल्प मेला (आईएनसीएफ-२०२४) भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरु द्वारा प्रयोजन गरिएको छ। र, दक्षिण एशिया फाउन्डेशन र एसएएफ-नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ-२०१६मा  संयुक्त सहकार्य गर्दैछन्।

    यस प्रदर्शनी एवं बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मी/शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी  हुनेछन्। यस्ता अन्तरदेशीय सांस्कृतिक मेला, नेपाल र भारत बीचको कला र शिल्पकला क्षेत्रमा एक प्रभावकारी सहकार्य हो र थप व्यापक सहकार्यका लागि एक सुवर्ण अवसर पनि हो, जसले शिल्पकर्मीहरूलाई विचारहरू विनिमय गर्ने र वृहत सहकार्यको खोजि अन्वेषण गर्दै भारत र नेपाल बीचको व्यापारको समेत प्रोत्साहन गर्दछ।

    काठमाडौंमा आयोजित यस शिल्प कला मेलाले नेपालसँग हरेक क्षेत्रमा नजिकको र कसिलो सम्बन्धले जोडिएको छिमेकी भारत सँगको सम्बन्धमा अर्को महत्त्वपूर्ण कोशेढुंगा सावित हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ