Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नेकपा एसको हातमा जम्कट्टेलको मुख्यमन्त्री पद


ग्लोबल पाना
सोमबार, चैत १९ २०८०
  • 311
    SHARES

  • images
    नेकपा एसको हातमा जम्कट्टेलको मुख्यमन्त्री पद

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । जसका लागि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाएका छन् । मुख्यमन्त्री जम्कट्टेले विश्वासको मत लिन आँटेपछि सो बारे छलफल गर्न बैठक बोलाएको पाठकले जानकारी दिए । बागमतीमा नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् ।

    images
    images
    images

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले समय सकिन तीन दिन अगावै (२२ चैत भित्र) आज विश्वासको मत लिने तयारी गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलको दलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा यसअघि नै दर्ता गराइसकेका छन् ।

    माओवादीका सचेतक रत्नप्रसाद ढकालले गत शुक्रबार नै प्रस्ताव दर्ता गराएका थिए । १ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि जम्कट्टेलको ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ । ३ सांसद रहेको नेमकिपाले विपक्षमा मतदान गर्ने निणर्य गरिसकेको ।

    कांग्रेसका ३७ र राप्रपाका १३ जना सांसद विपक्षमा छन् । सत्ता समिकरणमा सहभागी मध्ये नेकपा एमाले, माओवादी केन्द्र, र हाम्रो नेपाली पार्टीबीच मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको भनिएपनि एकिकृत समाजवादीले भने जम्कट्टेललाई मत दिन चाहेको छैन् । एसले बागमती वा कोशीमा आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ ।

    मुख्यमन्त्री माग गर्दै बागमतीमा जमकट्टेललाई समर्थन गर्ने स्पष्ट नपारेको एसको कोशीमा ४ सीट छ भने बागमतीमा ७ सीट छ । बागमतीमा एमाले,माओवादी र हाम्रो नेपाल पार्टीको गरी ५० सिट छ । आज मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ५६ मत चाहिन्छ । यस्तो अवस्थामा एसले समर्थन नदिने हो भने मुख्यमन्त्रिले विस्वासको मत नपाउने निश्चित जस्तै छ । नेकपा एसको हातमा जमकट्टेलको मुख्यमत्री पद देखिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ