Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

६७ औं राष्ट्रिय सहकारी दिवस आज


ग्लोबल पाना
मंगलबार, चैत २० २०८०
  • 213
    SHARES

  • images
    ६७ औं राष्ट्रिय सहकारी दिवस आज

    काठमाडौं । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

    images
    images
    images

    राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्र्तक्रियात्कम कार्यक्रमहरु आयोजना गर्ने भएका छन् । देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

    कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ । सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगतीका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ ।

    आम नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समुहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बद्नाम बनेको छ,धेरै बचतकर्ता पीडित छन् । सहकारी संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ