Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य


ग्लोबल पाना
बुधबार, चैत २१ २०८०
  • 324
    SHARES

  • images
    एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य

    काठमाडौं। एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन्। यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

    images
    images
    images

    सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकीे कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरेका थिए।

    नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा, एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ । यस सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमहरूको बिजनेश भायबिलिटी बढाउन मद्दत पुर्याउने अपेक्षा राखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ