Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर


ग्लोबल पाना
बिहीबार , मंसिर २२ २०७९
  • 269
    SHARES

  • images
    निःशुल्क शल्यक्रियासहितको आँखा शिविर

    ताप्लजुङ । ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाैंको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको छ ।

    images
    images
    images

    सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी पाँच सय १४ जनाले परीक्षणसहित उपचार सेवा लिएका छन् । शिविरमा चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लगाइएको थियो । शल्यक्रिया र औषधि निःशुल्क प्रदान गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्दका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए ।

    उनका अनुसार शिविर सञ्चालनका लागि मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग रहेको र लायन्स क्लब आफ काठमाडौँ हाम्रो रुपान्तरणले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । समय समयमा यहाँ आयोजना हुने आँखा शिविरले पूर्वी पहाडी जिल्लामा रहेका आँखाका बिरामीलाई फाइदा पुग्ने गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ