Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता युवक मृत भेटिए


ग्लोबल पाना
बुधबार, चैत २१ २०८०
  • 397
    SHARES

  • images
    त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता युवक मृत भेटिए

    काठमाडौं । त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो।

    images
    images
    images

    बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो। गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोका बेपत्ता थिए। उनको बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको प्रहरीले जनाएको छ । मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ।

    दुर्घटनामा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ