Oct 16 2026 | २०८३, असोज ३०गते

images
ताजा अपडेट

images
images
images

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्षमा कृतिका अग्रवाल


ग्लोबल पाना
बुधबार, चैत २१ २०८०
  • 337
    SHARES

  • images
    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्षमा कृतिका अग्रवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवालले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

    images
    images
    images

    आज नेपाल बीमा प्राधिकरणमा आयोजना गरिएको छोटो कार्यक्रकमका बीच प्रधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री नरेश कुमार रोका तथा कम्पनी सचिव श्री राजेन्द्र पाठक सहितको उपस्थितीमा उनले पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

    Messenger_creation_6219b171-46aa-41f9-b436-66a9ab261365.jpeg
    शपथ लिदै कृतिका अग्रवाल

    यही फागुन २७ गते कम्पनीको केन्दिय कार्यालय धनगढी कैलालीमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले सञ्चालक समिति अध्यक्षमा कृतिका अग्रवाललाई नै थप ४ वर्षका लागि चयन गरेको हो ।

    प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गममा बसोबास गर्ने र न्यून आय भएका तथा पिछडिएका क्षेत्रका ब्यक्तिहरुको बीमामा पहुच बृद्धि गर्ने कार्यमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ