Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने


ग्लोबल पाना
बिहीबार , चैत २२ २०८०
  • 238
    SHARES

  • images
    लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर लुम्बिनीमा पनि परेको हो । प्रदेशसभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

    images
    images
    images

    प्रदेशसभामा ८७ सदस्य छन् । राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित छन् । यसपछि सांसदको संख्या ८६ हुन्छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना कम छ ।

    प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३/३ जना सांसद छन् । त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र १/१ जना सांसद छन् ।


    मुख्यमन्त्री चौधरी विश्वासको मतका लागि कांग्रेसबाहेक १७ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ