Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना छैन : डा. शेखर कोइराला


ग्लोबल पाना
बिहीबार , चैत २२ २०८०
  • 330
    SHARES

  • images
    गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना छैन : डा. शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए । उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे । गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताए ।

    images
    images
    images

    नेता कोइरालाले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए । विगतका अनुभव हेर्दा पनि कांग्रेस र एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न दुई पार्टी मिल्नुको विकल्प नरहेको बताए ।

    कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोसी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए । उनले अहिले कोसी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताए । राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ