Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात


ग्लोबल पाना
बिहीबार , चैत २२ २०८०
  • 428
    SHARES

  • images
    कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात

    काठमाडौं। कन्सुलर सेवा विभागले विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने व्यवस्थाको सुरुवात गरेको छ। बिहीबार बिभागको कार्यालय त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभागले सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गरेका हुन्।

    images
    images
    images

    सेवा प्रारम्भ भएसँगै विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।

    उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गरे। सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको उनले बताए।

    त्यस्तै विभागका महानिर्देशक प्रकाशमणि पौडेलले उक्त मोडयुलमा कुनै पनि सेवाग्राहीले राहदानी नन्मबर र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुने र फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ