Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अस्तित्वको लडाईमा पनि एकजुट हुन नसके काठमाडौंका रैथाने नेवारहरु इतिहासमा मात्र सिमितहुन सक्छन् : सुमन सायमी


ग्लोबल पाना
शुक्रबार, चैत २३ २०८०
  • 306
    SHARES

  • images
    अस्तित्वको लडाईमा पनि एकजुट हुन नसके काठमाडौंका रैथाने नेवारहरु इतिहासमा मात्र सिमितहुन सक्छन् : सुमन सायमी

    काठमाडौं । अस्तित्वको लडाईमा पनि एकजुट हुन नसके काठमाडौंका रैथाने नेवारहरु इतिहासमा मात्र सिमितहुने राष्ट्रिय मुक्ति क्रान्ति, नेवाः राष्ट्रिय परिषदका नेता तथा नेवाः अभियन्ता सुमन सायमीले बताउनु भएको छ ।

    images
    images
    images

    स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने शन्दर्भमा संचारकर्मीहरु संग कुराकानी गर्दै सायमीले यस्तो बताउनु भएको हो । यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ ।

    बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीप्रदेशको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको स्वनिग बिशेष व्युरोले जानकारी गराएको छ । स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको आयोजनामा चैत्र २४ गते बिहान ११ बजे बसन्तपुरबाट बृहत जनप्रदर्शनसहित र्यालिको आयोजना गरिएको हो ।

    यो कार्यक्रममा काठमाडौं को नेवाः समुदायबाट सुमन सायमी, रवीन्द्रकुमार श्रेष्ठ ,विद्या श्रेष्ठ र दिनेश नापितले नेतृत्व लिने पक्कापक्कि भएको छ । र्यालिमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिलाई सहभागिता जनाउन परिषदका संयोजक सुमन सायमी र ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले आह्वान समेत गरेका छन् ।

    जन प्रदर्शनमा विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित उपस्थित हुन संपुर्ण नेवार समुदायलाई आयोजकहरुले आग्रह गरेका छन् । आफ्नो पहिचान र अस्तित्वको लागि पहिलो पटक बागमति प्रदेशको नाम खारेजी तथा नेपा मण्डल घोषणा गर्न बृहत् जनप्रदर्शनमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, मगर, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डा लगायत नेपालमा रहेका सम्पुर्ण जातिको संयुक्त सहभागीता सहितको जनप्रदर्शनमा सहभागी हुन आव्हान गरिएको ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले बताएका छन् ।

    सदियौं देखि उत्पिडनमा रहेका आदिबासी,जनजाती तथा मु्लबासी हरुमाथि पहुँच भएका सिमित व्यक्तिहरुले शासन गरिरहेको भन्दै आँट भए स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि टेबुलमा बसेर बहस गर्न आफुहरु तयार रहेको राष्ट्रिय मुक्ति क्रान्तीका अगुवा नेताहरुले बताएका छन् ।

    राष्ट्रिय मुक्ति क्रान्ती आम जनताको अधिकारलाई स्थापित गराउन शुरु भएकोले यसमा कोहि पनि छुट्न नहुने यसका नेताहरु बताउँछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ