Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सन्दीपको मुद्दा न्यायाधीशद्धय निरौला र कोइरालाको संयुक्त इजलासमा


ग्लोबल पाना
शुक्रबार, चैत २३ २०८०
  • 227
    SHARES

  • images
    सन्दीपको मुद्दा न्यायाधीशद्धय निरौला र कोइरालाको संयुक्त इजलासमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिट उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ । रिट सुनुवाईका लागि उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा पेशी परेको छ ।

    images
    images
    images

    परिवर्तित नाम गौशाला २६ ले दायर गरेको जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो । उनले उच्च अदालतमा सो फैसला बदरको माग गरेका छन् ।

    यता गौशाला २६ पक्षपनि उनलाई काठमाडौं जिल्ला अदालतले तोकेको सजाय कम भएको र पीडित नाबालिगनै रहेको दाबी गर्दै उच्चमा पुगेको छ । सो निवेदनमा पनि आजै छलफल हुनेछ । परिवर्तित नाम गौशाला २६ ले आफूलाई नावालिग रहेको दाबी गरेपनि जिल्ला अदालतले भने उनी बालिग रहेको ठहर गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ