Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

राहत सामग्री पुर्‍याउन इजरायलले गाजामा आफ्नो सीमासहित ३ मार्ग खोल्ने


ग्लोबल पाना
शुक्रबार, चैत २३ २०८०
  • 242
    SHARES

  • images
    राहत सामग्री पुर्‍याउन इजरायलले गाजामा आफ्नो सीमासहित ३ मार्ग खोल्ने

    काठमाडौं । इजरायलले गाजामा थप राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने बताएको छ। उत्तरी गाजाको इरेज गेट युद्ध सुरु भएदेखि पहिलो पटक अस्थायी रूपमा खोलिनेछ। मानवीय सहायता आपूर्तिका लागि अश्दोद बन्दरगाह पनि खोलिनेछ। यस बाहेक, जोर्डनबाट राहत सामग्री गाजा प्रवेश गर्नको लागि केरेम शालोम क्रसिङ पनि खोलिनेछ।

    images
    images
    images

    भर्खरै राहत सामग्री वितरण गर्ने सात जना कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि यो निणर्य गरिएको हो । गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सातजनाको ज्यान गएपछि संस्थाले राशन वितरणको काम रोकेको थियो ।

    वर्ल्ड सेन्ट्रल किचेन काफिला इजरायलतर्फ तोकिएको मार्गमा दक्षिणी तट नजिकै गइरहेको बेला हमला भएको थियो। सहायता कार्यकर्ताहरूले आक्रमण हुनुअघि देइर अल-बालाहको एउटा गोदाममा १०० टन आपूर्तिहरू उतारेका थिए। उक्त हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो । द्वन्द्व सुरु भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ राहतकर्मीको मृत्यु भइसकेको छ ।

    गाजामा अक्टोबर ७ मा हमासको आक्रमणपछि ३३ हजारभन्दा बढी मानिस मारिएका छन् । यो तथ्यांक हमासद्वारा संचालित गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो। इजरायली नाकाबन्दीका कारण गाजा पट्टीमा बसोबास गर्ने करिब २० लाख जनसंख्या भोकमरीको संकटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसंघको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ