Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल-कोरिया सम्बन्धको ५० बर्ष, जुगल हिमाल आरोहण गरिने


ग्लोबल पाना
शुक्रबार, चैत २३ २०८०
  • 277
    SHARES

  • images
    नेपाल-कोरिया सम्बन्धको ५० बर्ष, जुगल हिमाल आरोहण गरिने

    काठमाडौं । नेपाल तथा दक्षिण कोरियाबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण संघले जुगल हिमाल आरोहण गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाले संयुक्त रुपमा भोलि चैत्र २५ गते हुने आरोहणका लागि नेपाल र दक्षिण कोरियाको संयुक्त टोली २४ गते जुगल हिमाल जान लागेको जानकारी दिएको हो ।

    images
    images
    images

    नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले भने,‘नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले चैत्र २५ गते शनिबारबाट सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित जुगल हिमाल १ (६५९१ मि) र २ (६५१८ मि) को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्न लागको जानकारी गराउन चाहन्छौं ।’

    उनका अनुसार आरोहण दलमा तीन जना नेपाली र सात जना दक्षिण कोरियाली आरोहीहरु सहभागी हुनेछन् । आरोहण दलको नेतृत्व दक्षिण कोरियाकातर्फबाट विश्व विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अम होङ गिलले गर्नेछन भने नेपालकातर्फबाट विश्व कीर्तिमानी आरोही एवं नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष दावा याजुम शेर्पाले गर्ने आयोजकले जनाएको छ ।

    टोलीले चैत २५ देखि आरोहण सुरु गरी बैशाख १३ गते बिहीबारको दिन आरोहण सफल पारी काठमाडौं फर्कने अपेक्षा गरिएको छ । आरोहण दललाई भोलि शनिबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी आरोहणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ