Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

चीनले अरुणाचल प्रदेशका थप ३० स्थानलाई नयाँ नाम दियो


ग्लोबल पाना
शुक्रबार, चैत २३ २०८०
  • 254
    SHARES

  • images
    चीनले अरुणाचल प्रदेशका थप ३० स्थानलाई नयाँ नाम दियो

    काठमाडौं । चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश छन् । अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ ।यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ ।

    images
    images
    images

    उसले चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग  भएको बताएको छ । चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ ले रिपोर्ट गरेअनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको छ।

    भनिएअनुसार २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो।जसमा ६ वटा नयाँ नाम समावेश भएका छन् । २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो। जहाँ २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो। हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा आपत्ति जनाएको थियो ।

    त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले यसको जवाफ दिएको हो । विदेश मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ