Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ वर्षको सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने


ग्लोबल पाना
शनिबार, चैत २४ २०८०
  • 305
    SHARES

  • images
    नयाँ वर्षको सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने

    काठमाडौं । आगामी नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने भएका छन् । मेलो डीलाई एल एण्ड एन एजेन्सीले नेपाल ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले नयाँ वर्षको अघिल्लो साझ लाईभ सांगितिक प्रस्तुतिका लागि मेलो डी नेपाल आउन लागेको पुष्टि गरे । कार्यक्रमका लागि व्यापक तयारी भैरहेको पनि उनले बताए ।

    images
    images
    images

    दरबार मार्ग स्थित क्लब नेक्ससमा हुने मेलो डी लाईभमा झुम्न चाहने जोकोहीले टिकट संजालमार्फत टिकट लिन सक्ने कायस्थले जानकारी समेत दिएका छन् । व्यवस्थापनमा कुनै कमी नहुने उनको दाबी छ । नेपाली संगीत प्रेमीहरू मेलो डीको प्रस्तुती हेर्न उत्सुकतापूर्वक पर्खाईमा रहने दाबी गर्दै कायस्थ भन्छन् 'सबैभन्दा प्रत्याशित ईभेण्ट बन्नेछ यो न्यू इयर नाइट इभेन्ट र मेलो डीले आफ्नो सनसनीपूर्ण संगीतले मञ्चलाई प्रतिध्वनित गर्नेमा म विश्वस्त छु'। समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट  एउटा भव्य कार्यक्रम हुने कायस्थको दाबी छ।

    विश्वस्तरिय असाधारण ईभेण्ट व्यवस्थापन कौशलका लागि परिचित एल एण्ड एल एजेन्सी नेपालमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पस्कदै आएको छ  विगतमा ६ सय भन्दा बढि उल्लेखनीय कार्यक्रमहरू आयोजना गरेको यस एजेन्सीले प्रतिभाशाली बलिउड संगीतकार, गायक र र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ । 

    को हुन मेलो डी ? 

    आफूलाई बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरहरू मध्ये एकको रूपमा स्थापित गरेका मेलो डी युवा पुस्ता माझ लाइमलाइटमा छन्। ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चार्ट टपिङ हिट गीतहरू दिएर चर्चा बटुल्दै उनले संसारभर फ्यान बढाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ